City with Historic, Religious, Cultural, Ancient and Touristic Attractions

नामाकरण

परापूर्वकालमा यस गा.वि.स. को पुरानो नाम हाजिपुर भन्ने पाइएको छ । पछि यस ठाँउमा १८४२ को आभिलेख अनुसार भक्तपुर को नेवार जातिको दुई व्यक्ती जितेश र लाखखम्बर गैइ हजिपुरलाई नेवार बस्ती बनाई त्यस ठाँउको एउटा ठूलो पाटा (बारीको गह्रा ) लाई नेवारी भाषामा ठुलोलाई ‘तगो’ र पाटालाई ‘थली’ भनि यस गाँउको नाम तगोथली रखिएकोमा पछि बिस्तारै तगोथलिबाट अपभंश भई “तौथली” नामाकरण गरेको पाईन्छ ।

पेशा

यस गा.वि.स. को अधिकंश भु-भाग पहाडि धरातल भएकोले यहाँको वासिन्दाको मुख्य पेशा कृषिमा आधारित भएता पनि उपयुक्त शिक्षा र प्रशिक्षण अभाबले गर्दायहाँको कृषकहरुको खेती गर्ने तरिका हालसम्म पनि पुरानै रहेको छ । हलो जोतेर खेती लगाउनु, नयाँ प्रविधी अपनाई उन्नत जातको खेती गर्न नसक्नु, सिँचाईको सुविधा उपलब्ध हुन नसक्नु आदि कारणले गर्दा कारीव ९०% जग्गाहरु(खेत)मा गहुँ, कोदो, आलु गरी बर्षको एक बली र १०% जमिन्(बारी)मा धान, मकै वा गहुँ गरी बर्षको दुई बाली उब्जनी भएको पाईन्छ । कृषि पेशाबाट मात्र बर्षको खर्च धन्न सम्म पनि धौधौ पर्ने भए पछि यस गा.वि.स. को अधिकांश परिवारको सदस्यहरु बिभिन्न पेशा लिई विदेशिएको पाईन्छ । विदेशिएका मध्य केही भारतको कोईलाखानि(आसाम)मा र केही नेपालमै रही बिभिन्न पेशा अपनाउदै आएको पाईन्छ । यसरी अपनाएको पेशा मध्य करिब १०० वटा ग्रील उद्योग्, १० वटा फर्निचर उद्योग र केही अन्य पेशामा समेत संलग्न रही ३५० देखि ४०० परिवारको हाराहारिमा काठमाडौंमा अस्थाई बसोबास गरी जिविकोपार्जन गरेको पाईन्छ । यस गाउँका मात्र नभएर महिलाहरु पनि अति नै शिपवान र मेहनती भएको देखिन्छ । यहाँका महिलहरु मध्ये करीब ७० % महिलाहरुले घरेलु तानबाट कपडा बुन्ने र भेडाको उनबाट राडी बख्खु स्वीटरको उत्पदन गर्ने गर्दछ । यसरी उत्पदन गरिएको उक्त उत्पदित कपडाहरु घरेलु दौरा सुरुवाल र पतुकाको लागि प्रयोग गर्न सकिन्छ । यसरी आफुले उत्पदन गरेको कपडा नजिकको गा.वि.स. मा बेचबिखन गरी आय आर्जन समेत गर्ने गरेको देखिन्छ । तर, हाल आधुनिक कपडको तुलनामा स्तरिय नहुने हुँदा बिक्री नभएको कारणले उक्त हाते, घरेलु कपडाहरु लोप हुँदै गएको पाईन्छ । गाउँमै निरन्तर बसोबस गर्दै आएका केही व्यक्तिहरुले पशुपलन गरी कम्पोष्ट मल र पशु बिक्रीबाट पनि सामान्य आय आर्जन गर्ने गरेको पाईन्छ ।